Posts

रविन्द्र मिश्र: कुखुरा पहिले कि अण्डा?

Image
शब्दाकोशमा जान चाहिन। अर्थ अनर्थ जे भने पनि बुझे पनि, जे भन्न खोजेको भए पनि, जे बुझाउन चाहे पनि प्रतिप्रश्न गर्ने कोहि नभएपछी जे लेखकले लेख्न खोजेको हो पाठक त्यही बुझ्न वाध्य छ जे लेखक बुझाउन खोज्दै छ। शब्दार्थमा कतिपय शव्दको शाब्दिक अर्थ अनेक हुन सक्दछ। व्यवार्थमा मानिस तेहि भाव बुझाउन अनेकन शब्द प्रयोग गर्दछ्न। "कन्फ्युजन" "इलुजन" "डिलुजन"को सायद शाब्दिक अर्थ अनेक होला तर मेरो व्यवहारिक ज्ञानमा एउटै अर्थ छ "द्विविधा"! र वर्तमान राजनितिमा सकृय द्विविधाको अर्को नाम हो रविन्द्र मिश्र। विश्वस्तरिय पत्रकारिताको लामो ज्ञान सम्हालेका मिश्रले त्यो काममा हात हाले जहाँ अनुभवको शून्य उपस्थिती, वरियताको किनबेच र योग्यताको चरम दुरुपयोग पहिलो सर्त हो। अर्थात त्यो काम वर्तमान राजनिती हो जहाँ विधि, पद्धति र विचार मात्र होइन, योग्यता क्षमता र योगदान अवमूल्यन प्रमुख विशेषता बन्न पुगेको छ। १८औ शताब्दीको प्रजातान्त्रिक मोर्चा र व्यवस्था प्रती आस्था राख्ने काङ्ग्रेस होस या १८औ शताब्दीको अन्त्यमा परिभाषित भइ १९औ शताब्दीमा प्रयुक्त कम्युनिस्ट हुन। आजको विश्वले दिन नस

अन्तर्घात कि भोट क्रसिङ? चुनावी समिक्षा।

Image
  अन्तर्घात कि भोट क्रसिङ? चुनावी समिक्षा। अन्ततः स्थानिय चुनाव २०७९ पनि सकिएको छ। चुनावी परिणाम पनि लगभग आइनै सकेको छ। कुन दल कुन स्थानमा छ। कुन दल फाइदामा रह्यो कुन दल घाटामा गयो यो सब कुरा आजको संचार सन्यन्त्र प्रयोग गर्न सक्ने तपाईं हामी सर्ववितितै छौ। खासमा मुद्दा यो विल्कुलै होइन। मैले उठाउन र विश्लेषण गर्न खोजेको मतदानको प्याट्रन हो। मतको रुझान अनुसार यस पटकको स्थानिय निर्वाचन परिणाम चर्चा गर्न लायक छ। कहि कतै पैसाको खेल, कहिकतै गठबन्धनको झेल। काहीँ विवेकको मत त कहि भोजभतेरको। विगतको जस्तो आम मतदातालाइ मासु रक्सिमा विकेको आरोप प्राय: छैन। यस पटकको निर्वाचन परिणामले कोहि हौसिएका छन त कोहि सर्मनाक पराजयको कारण विश्लेषण गर्न थालेका छन। प्रमुख प्रतिपक्षी दल एमालेले त पार्टी पङ्तिको अन्तर्घातले चुनावमा सिट संख्यामा खुम्चिनुपरेको भनेर बारम्बार स्वघोषणा गरेको छ। सत्ता पक्षका कतिपय दल एक अर्काको मतदाताको मत प्रयोग अनुचित तवरले गरिएको आरोप प्रत्यारोपमा छन। कोहि अर्को पार्टिको उम्मेदवारलाई इमानदारी पुर्वक मत प्रतिस्थापन नभएको भन्ने आरोप लगाउन व्यस्त छन त कोहि कहि कतै जे जे भए पनि आफ्नो अस

कस्ता उम्मेदवारलाई भोट हाल्ने?

Image
न्याय गरेर, दिएर हुदैन त्यो देखिनु पर्छ। हामी सङ थुप्रै उदाहरण छन लामो समय कारागार बसेका कतिपय कैदी निर्दोष सावित भएको। अदालताले अन्तत न्याय त दियो तर तेस्ता कैदी बन्दिको उर्जाशिल जीवन कालकोठरिमा बर्बाद भएको। अझ कतिपयले जिवितै न्याय पाउन नसकेको उदाहरणहरु पनि भेटिन्छन। विकास पनि तेस्तै हो। विकास गरेर हुदैन, त्यो जनता भनौ लाभाग्राही लाभान्वित नहुने विकासको कुनै अर्थ हुदैन। जनतासङ नजोडिने विकास पृथ्वीको कुरुप बिनाश मात्र हो। भारत विश्वका प्रमुख औषधि उत्पादक तथा निर्यातकर्ता देश हो तर सबैभन्दा धेरै औषधि अभावमा तेहिका नागरिक मर्ने गरेको पाइन्छ। तेसैले के अर्थ यस्तो उत्पादन प्रणालीको जुन जनतासङ त जोडिन्छ तर तेहि देशको होइन। केही समय अगाडि सामाजिक संजालतिर प्रवेशद्वार र भ्युटावर आतंकको तस्वीर चल्दै थियो। आम सामाजिक सन्जाल प्रयोगकर्ता देशको कर अनुत्पादक क्षेत्रमा खर्च भयो भन्ने आवाज दिदै थिए। कतिपय नेता तेसमाथी आफ्नो नैतिक समर्थन जनाउदै थिए। एउटा राजनीतिक दल भने यी सन्रचनालाई देशको गौरवसङ तुलना गर्दै थियो। एमाले अध्यक्ष ओलिले त भ्युटावरलाइ सभ्यता, विकास र आर्थिक क्रियाकलापको केन्द्रसङ दाजेको स

ससदमा एमाले अवरोधको कीर्तिमानि: जनताले के पाए।

Image
२०४८ सालको निर्वाचित संसद लगातार ५६ दिन सम्म अवरुद्ध गरेको नेकपा एमालेले २०७४को निर्वाचन पछि बनेको हालको संसद निरन्तर १८७ दिन सम्म अवरोध गरि बिगतको आफ्नै किर्तिमानी तोडेको छ। तेस्माथी एमाले अध्यक्ष केपि शर्मा ओलिले ६ महिनाको बिचमा २ पटक विघटन समेत गरेर अर्को किर्तिमानी थपेका छन। तसर्थ एमाले दल मात्र हो र? यो त किर्तिमानी पार्टी हो। त्यसै पनि ओलिले केही समय अघि नेकपा एमालेले सरकारमा रहेर गरेको कामको फेहरिस्त त गिनिज बुकमा पनि अटाउन नसक्ने दाबी गरेका थिए त्यसैले, यस पार्टीको नाउ त गिनिज बुकमा आउनु नै पर्छ। वर्तमान सरकार समेत अचेत र असामन्ज्स्य हुन पुगेको छ एमालेको यो किर्तिमानी काम देखेर। उसै त करिब २ दसक अघि नै असक्षम नेताको दाग खेप्न पुगेका प्रधानमन्त्री सेर बहादुर देउवा पुन एक पटक प्रतिपक्षी दललाइ बिश्वासमा लिन नसकेकोमा असक्षम देखिन पुगेका छन। लगातार १८७ दिन संसद अवरुद्ध गरेको एमालेको संसद समक्ष माग छ त केवल आफ्नो पार्टीले निष्काशन गरेको १४ गैर संसदको पद खरेजी हुनु पर्यो। यति गुत्थी फुक्न नसक्दा जनताको सार्वभौम अधिकार प्रयोग हुने सर्वोच्च थलो संसद पटक पटक स्थगन र जबर्जस्ति निर्णय गर्न

चिसो पानीमा पौडीन बाद्धय 'प्रकाश'

Image
नेपालको केन्द्रिय राजनीतिमा अहिलेका परिदृश्य हुन, अर्लि इलेक्सन र एमसिसिका बाछिटा। गठबन्धन भित्र अर्लि इलेक्सन र चुनावी तालमेल र गठ्जोडको बिषयमा छलफल चलिरहदा सत्ता घटक माओवादीमा भने एमसिसिको बाछिटा स्वरुप आन्तरिक बिबादमा रुमल्लिन पुगेको थियो। बिद्रही स्वरको नेतृत्व भने नेता 'प्रकाश' उर्फ नारायण काजी श्रेष्ठले गरिरहेको थिए। एमसिसी अनुमोदन पश्चात् प्रचण्डले गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठलाई पार्टी छोडेर जाने भएपनी आफुले नरोक्ने आशय प्रकट गरेपछि उनि सोच्न बाद्द्य भएको बताएका थिए। तर प्रचण्डले आफुले आवेगमा बोल्न पुगेको भन्दै फकाउन गएपछी परिस्थिति सामान्य मात्र बनेन नारायण काजी श्रेष्ठ आफुलाइ जन भावनामा, इमान्दार कार्यकर्ताको पक्षमा र आफ्नो इमानमा टिक्न नसकेको समेत देखियो। आज अझ ९७ जानाको प्रस्तावित केन्द्रिय सदस्य मनोनयन गरेर आगामी स्थानीय निर्वाचन पछि बैठक बस्ने गरि स्थगित भएको छ। एमसिसी बारे नेता श्रेष्ठ लगायत नेताहरुले राखेको लिखित मतसमेत पछि बस्ने केन्द्रिय समिती बैठकमा छलफल गर्ने र यस बिचमा सबैको समान धारणा समेट्ने गरि विग्यप्ती जारी गर्ने गरि उक्त बैठक स्थगित गरिएको जान

एमसिसि र प्रचण्डको प्रचण्ड भय

Image
 अन्तत विधमान सत्ता गठबन्धनकै साझेदार दलहरुको सहयोगमा बहुप्रतिक्षित अमेरिकि मिलेनियम च्यलेन्ज कर्पोरेसनको मिलेनियम च्यलेन्ज कम्प्याक्ट (एमसिसि) "ब्याख्यात्मक घोषणा" समेत तेसैमा अनुबन्ध गरि पारित भएको छ। सत्ता साझेदार नेकपा माओवादि केन्द्र र नेकपा एकीकृत समाजवादिले आफ्नो पुर्ववत अडानबाट लचिलो भएपछि यो सम्झौता अनुमोदन भएको हो। तर तिनै पार्टिका शिर्श नेता भने अहिले जनता तथा कार्यकर्ता एवम कतिपय नेताकै आलोचनाको तारोमा परेका छन। असन्तुस्ट कार्यकर्ता तथा क्रुद्ध जनताको असन्तुस्टि र सन्सयलइ दुर गर्न आज खुमल्टारबाट पत्रकार सम्मेलन गरि स्वयम प्रचण्डले केहि नया भ्रमको जालो फ्याकेका छन। आखिर किन प्रचण्ड, नेपाल रास्ट्रघाति भनिएको एमसिसि पारित गर्न तयार भए भन्ने कुरा आजको पत्रकार सम्मेलनबाट पनि खसै उत्तरित भएन। यसमा अन्य कारण खोज्नै पर्दैन। यो हुनुमा प्रचण्डमा भएको भविष्यको भयले काम गरेको छ।  गत ८ फल्गुनमा सम्सदमा टेबल भएको एमसिसि पारित गर्न प्रधानमन्त्रि सेर बहादुर देउवा क्रित सन्कल्पित भएर लागेपछि, आफ्नो अडानबाट पछि फर्किन अटेर गरेका दलहरुमा कोर्रा तब बर्सियो जब देउवा सहयोगका लागि प्रमु